निस्दी-१ बाकामलाङमा जिप दुर्घटना हुँदा १० जना घाईते

पाल्पा, निस्दी गाउँपालिका-१ बाकामलाङ पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । रामपुर-५ बेझाँड बजार बाट बाकामलाङ जाँदै गरेको ग १ ज ५१२७ नम्बरको जिप निस्दी १ पोखरीथोकमा विहिबार साँझ दुर्घटना हुँदा जिपमा सवार मध्ये १० जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा निस्दी -१ का ७० वर्षिय दिल कुमारी ठाडा, ७० वर्षिय भिमा ठाडा, ७३ वर्षिय ढाल बहादुर अाले, ५५ वर्षिय निरमायाँ सारु, ८० वर्षिय टक नारायण श्रेष्ठ, ७० वर्षिय निवल सिं अाले, ७६ वर्षिय खड्क नारायण श्रेष्ठ, ४६ वर्षिय यम बहादुर ठाडा, ७६ वर्षिय तिल कुमारी अाले र ७ वर्षिय मन्द्रिका आले रहेका छन् ।

घाईतेहरु मध्ये दिल कुमारी ठाडा र भिमा ठाडाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

उनीहरुको अहिले रामपुर अस्पतालमा उपचार भैरहेको छ । जिपमा अधिकांश रामपुर नगरपालिका-५ बेझाँड बजार स्थित बैंकमा सामाजिक सुरक्षाभत्ता बुझ्न आएका जेष्ठ नागरिक सवार रहेका थिए । जिप उकालो सडक संगै रहेको ब्रेकर बाट ब्याक भई सडकमा पल्टिएको छ ।

चालक सहित जिपमा १२ जना सवार रहेको थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?