जगत भञ्ज्याङ्ग स्वास्थ्य चौकीले नयाँ भवन बाट सेवा दिन सुरु

तिलक गुरुङ
वालिङ, स्याङ्जाको वालिङ नगरपालिका–५ स्थित जगत भञ्ज्याङ स्वास्थ्य चौकीले सुबिधा सम्पन्न नयाँ भवन बाट सेवा प्रवाह सुरु गरेको छ । जिर्ण भवन बाट सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकीले नयाँ भवन निर्माण सम्पन्न भए संगै सोही भवन बाट सेवा सुचारु गरेको हो ।

वि.सं. २०५२ सालमा स्थापना भएको स्वास्थ्य चौकीले २०५५ सालमा निर्माण भएको तीन कोठे कच्ची भवन बाट सेवा प्रवाह गर्दै आइरहेको थियो । २०७२ सालको भुकम्पबाट झनै जिर्ण अवस्थामा रहे पनि सोही भवन बाट सेवा दिदै आएको थियो । २०७४ को निर्वाचन पश्चात स्थानीय निकायको प्रथामिकतामा रहेको जगत भञ्ज्याङ स्वास्थ्य चौकीले २०७९ मा पुर्णता पाएको साविक जगतभञ्ज्याङ गाउँविकास समितिका निवर्तमान अध्यक्ष एवं नर प्रसाद रेग्मीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयको ४७ लाखको लागतमा ४ कोठे अपाङ्गमैत्री सुबिधा सम्पन्न भवन निमाण भएको वालिङ ५ का वडा अध्यक्ष छबिलाल आलेले जानकारीदिनुभयो ।

३ रोपनी जग्गामा स्थापना गरिएको भवन बाट वालिङ नगरपालिका ५ संगै स्याङ्जाको चापकोट सहितका नागरिकहरुले प्राथामिक उपचार सेवा प्रदान गर्ने स्वास्थ्य चौकी प्रमुख सोबिता सापकोटाले बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा वालिङ ५ का निवर्तमान वडा अध्यक्ष ढाकाराम पंगेनी, निवर्तमान कार्यपालिका सदस्य जमुना के.सी, निवर्तमान वडा सदस्य महेश गुरुङ, अनिता नेपाली, केवरे चौकी प्रमुख चन्द्र बहादुर श्रेष्ठ, समाजसेवी गगन कुमार थापा, इन्द्र प्रसाद पंगेनी, वडा साहयक सचिव ओम बहादुर थापा, महेन्द्र नमुना माबिका जित बहादुर नेपाली, सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गा दाता श्याम बहादुर खड्का, महिला स्वास्थ्य स्वंसेविका टीका कुमारी रेग्मी, कन्या आधारभूत विद्यालयका प्रधानाध्यापक सुमिता गुरुङ लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन वडा सचिव डोलजङ गुरुङ गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?