रामपुर ५ द्वारा विद्यार्थीहरुलाई सम्मान सहित शुभकामना आदनप्रदान

पाल्पा, रामपुर नगरपालिका ५ नं. वडा कार्यालयले विद्यार्थीहरुलाई सम्मान संगै शुभकामना आदनप्रदान गरेको छ । २०७९ सालको एसईई परीक्षामा वडा भित्रका संस्थागत तथा सामुदायिक विद्यालय बाट सहभागी भई ए प्लस नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई वडा दशैं, शुभदिपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमका विच सम्मान गरेको हो ।

कार्यक्रम विद्यार्थीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्नको लागि विदाको अवसरमा घर आएको समय पारी सम्मान गरिएको बताउनुभयो । उहाँले हाम्रो मौलिक पर्वहरुलाई भड्कीलो रुपमा नभै पर्वहरुको मर्म अनुसार सभ्य रुपमा मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्लले वडाबासीहरुमा शुभकामना व्यक्त गर्दै आफ्नो क्षमता अनुसार चाडपर्व मनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का पूर्व वडा सदस्य सावित्रा गौतम, रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितिको तर्फ बाट शेषकान्त भट्टराई, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मी, रातुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपी सिग्देल, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्य प्रसाद घिमिरे, बेझाँड बजार टोल विकास समितिका संयोजक दयाराम गैरे, अभिभावक महेश भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका विद्यार्थी वृन्दा गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वडा भित्रका सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालय बाट ए प्लस ल्याउन सफल बृन्दा गौतम, समिता रेग्मी, सुगम पौडेल, जनक भण्डारी, आशिष कुमाल, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका सुरक्षा गौतम, विशाल गहतराज र भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका कुशल आलेलाई नगद सहित दोसला ओढाई सम्मान पत्रका साथ सम्मान गरेको हो ।

रामपुर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत बाट सुरु भएको थियो ।सहभागीहरुलाई वडा सदस्य युवराज शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव रजनी भण्डारीले गर्नु भएको हो ।

यस्तै रामपुर नगरपालिका वडा नं. १ ले पनि शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका सरोकारवाला व्यक्तित्वहरुको उपस्थितिमा शुभकामना आदनप्रदान गरेको हो । रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय सहायक शिवराज थापाले गर्नु भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?