ईस्लामिक सक्रिय युवा समाज द्वारा शुभकामना आदनप्रदान संगै राहत वितरण

पाल्पा, ईस्लामिक सक्रिय युवा समाज रामपुर नगरपालिका-४, पाल्पाले निम्न वर्गका परिवारलाई राहत वितरण गरेको छ । नेपालीहरुको महान पर्व वडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान संगै हिन्दु समुदायका २० परिवारलाई चाडपर्व मनाउनका लागि राहत सामाग्री प्रदान गरेको हो ।

पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान संगै क्लवले निम्न परिवारलाई राहत वितरण सामाग्री वितरण गरेको हो । ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष सहादत हुसेनको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख अातिथ्यतामा भएको हो ।पर्वहरुको अवसरमा शुभकामना संगै राहत वितरण गर्दै प्रमुख अतिथी रानाले सामाजिक सद्भाव कायम राख्नका लागि क्लवले चालेको कदम प्रशंसनिय रहेको बताउनुभयो । उहाँले हाम्रो मौलिक संस्कृतिले थप उत्पेरणा प्रदान गर्ने बताउँदै आफ्नो क्षमता अनुसार पर्व मनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य महोम्मद अजिम शेख, मोहन सिं राना, कमला नेपाली, क्लवका पूर्व अध्यक्ष सम्सुल हक मियाँले शुभकामना अादन प्रदान गर्नु भएको थियो । क्लवका निवर्तमान अध्यक्ष ल्याकत अलीले हाम्रो समुदाय भित्रको समाजिक सद्भाव कायम राख्नुका साथै नेपालीहरुको महान पर्वलाई भव्यताका साथ मनाउनका लागि निम्न परिवारलाई सहयोग प्रदान गरिएको बताउनुभयो । क्लवका अध्यक्ष सहादत हुसेनले वडा भित्रका टोल विकास समिति संग समन्वय गरि निम्न अार्थिक अवस्था भएका परिवार छनौट गरेर पर्वहरुको अवसरमा राहत प्रदान गरेको बताउनुभयो ।

क्लवले वडा भित्रका २० परिवारलाई प्रति परिवार चामल २५ केजी, नुन १ केजी, तेल १ लिटर, दाल १ केजी र सेयाविन प्रदान गरेको थियो । क्लवका सदस्य सायवा वेगमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन अस्कर अलीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?