रानीमहल जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु (थप विवरण आउन बाँकी)

पाल्पा, पाल्पाको रानीमहल जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश ७२०९ नम्बरको जिप आईतबार अपरान्ह बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जिपका चालक घाइते भएको जनाएको छ । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्धारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?