तानसेनको लामडाँडामा जिप दुर्घटना, ८ जना घाईते

पाल्पा, पाल्पामा सोमबार दिउँसो भएको जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ७ लामडाँडामा लु १ ज ४१६५ नम्बरको फाृर्स जिप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका हुन् ।

गुल्मीदेखि बुटवलतर्फ जिप दिउँसो १ः४० मा भएको दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते हुनेहरुमा गुल्मी रुरु गाउँपालिका १ का ६५ वर्षिय चोपकला ज्ञावली, इश्मा गाउँपालिका–४ का ३९ वर्षीय दानबहादुर खत्री, मालिका गाउँपालिका ५ छापहिले बस्ने ४० वर्षिय सन्तोष, भरत हरिद्धार घर भई कुल पुजा गर्न पुख्यौली घर मालिकामा आएका ८० वर्षिय रबिलाल गिरी, सोही स्थानका रामलाल गिरी, रुरु गाउँपालिका ६० वर्षिय मुकुन्द ज्ञावली, रुपन्देही तिलोत्तमा नगरपालिका–२ का ४५ वर्षीय रेशम गिरी, र चालक गुल्मी मालिका गाउँपालिका ३ का ३० वर्षिय भुवन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरूको अवस्था भने खतरामुक्त रहेको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीपमा १५ जना मध्ये ७ जना सकुशल रहेका छन् । आरालो सडमा अच्चानक ब्रेक फेल भई जिप सडक मै पल्टिन गएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा आज विहान भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। आइतबार अपरान्ह कार दुर्घटना हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको थियो । १ जना गम्भीर घाइते भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?