दशैं मनाउन ससुराली आएका एक पुरुषको निधन

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा दशैं मनाउन आएका एक पुरुषको निधन भएको छ । दशैं टिका लगाउन पूर्वखोला–२, जल्पा आएका बुटवल उपमहानगरपालिका १३ तामनगर रुपन्देही बस्ने २९ वर्षिय पर्वत थापाको मृत्यु भएको हो ।

गत कार्तिक ७ गते घरबाट दशैको टिका लगाउन जल्पा आएका उनी ८ गते खाना खाएर सुतेको र श्रीमतीले बोलाउदा नउठे पछि उपचारको लागि यूनाईटेड मिसन अस्पताल तानसेन लगिएको थियो । ९ गते विहान १ः१० बजे डाक्टरले चेकजाँच पश्चात मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?