नेपाली कांग्रेस रामपुर-७ को शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा, नेपाली कांग्रेस वडा कार्यसमिति रामपुर नगरपालिका ७ पाल्पाले शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महानपर्व विजयादशमी, शुभ दीपावली, छठ , नेपाल संवत् ११४४ लगायत चाड पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान सहित प्रशिक्षण सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका पूर्व कार्यवाहक सभापति कुमार रानाले प्रशिक्षण दिदै संगठनलाई मजबुत बनाउनका लागि पार्टीका पदाधिकारीहरु मात्र नभै क्रियाशिल सदस्य, भातृसंगठन थप सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीको तहगत संरचनाकाे भुमिका एबं कार्यकर्ताकाे जिममेवारी माथि प्रकाश पार्नु भएको थियो। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप राना एकले अर्कोको दोषरोपण नगरी आआफ्नो सक्रियता लाई कायम राख्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले पार्टीक‍ वर्तमान अवस्थाको विषयमा चर्चा गर्नु भएको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समाज रुपान्तरण संगै विकासका कार्यमा सकारात्मक सोचका अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागी कार्यकर्ताहरु विच अन्तरक्रिया समेत भएको थियो । वठा दशैंको अवसरमा सहभागीहरुलाई जेष्ठ नागरिक मञ्च पाल्पाका संयोजक एवं नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकाल, प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराईले दशैंको टिका र जमरा लगाईदिएर शुभआशिर्वाद दिनु भएको थियो ।कार्यक्रममा नेपाल किसान संघ क्षेत्रीय सभापति कृष्ण प्रसाद भट्टराईले बि पि स्मृति अक्षय कोषकाे स्थापनाका लागी पाँच हजार पाँच सय पच्चपन्न रुपैयाँ प्रदान गर्नु भएको थियो ।

किसानबारी योगहलमा भएको कार्यक्रम नेपाली कांग्रेस रामपुर नगर वडा कार्यसमिति रामपुर ७ का सभापति दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा भएको थिय‍ो । वडा कार्यसमितिकाउपसभापति क्याप्टेन धन बहादुर रानाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश क का सदस्य दुर्गादेवी भण्डारी गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?