माथागढी-१ मा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका-१ मा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत माथागढी –१ बिरौटामा दिउँसो १२:१० मा मोटरसाईकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

स्याङ्जा बाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा थापा गम्भीर घाईते भएका थिए । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले  जानकारी दिनुभयो।

मोटरसाइकल सडकबाट १० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?