जुवातास खेलिरहेको अवस्थामा तानसेन बाट ७ जना पक्राउ

पाल्पा, पाल्पाको तानसेन बाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद सहित ७ जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका २ बडीज्ञान टोल बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शनिबार अपरान्ह ५ः१० बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता  प्रहरी नावय उपरीक्षक  सुगन्ध श्रेष्ठका अनुसार उनीहरुको साथ बाट नगद बयानब्बे हजार चार सय पच्चिस सहित ३ सय २५ पत्ती तास फेला परेको छ ।

उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?