रामपुरमा अण्डर २० सेभेन ए साईड फुटबल प्रतियोगिता सम्पन्न

पाल्पा, रामपुर नगरपालिका ५ भम्बकमा अण्डर २० सेभेन ए साईड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ युवाहरुको खेल प्रतिभा उजागर गर्न भम्बक युनाईटेड युथ क्लवको आयोजनामा प्रतियोगिता भएको हो ।

भम्बक चौरमा भएको प्रतियोगिताको उपाधी बाङ्गेपसल युथ क्लवले जित्न सफल भएको छ । फाईनल खेलमा आयोजक भम्बक युनाईटेडलाई १–० गोलले पराजित गर्दै बाङ्गेपसल युथ क्लव विजयी भएको हो । प्रतियोगिताको विजेता र उपविजेता समुहले क्रमश नगद २०हजार र १० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै भेट्रन्स कप फुटबलमा रामपुर फुटसल क्लव विजयी भएको क्लवका सल्लहाकार शिव हमालले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता समुहलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको छ । भम्बक युनाईटेड क्लवका अध्यक्ष लक्ष्मण मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्लको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथी मल्लले खेलकुदको उत्थानका लागि युवाहरुले गरेको प्रयास प्रसंनिय रहेको बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का उपसभापति कृष्ण सिंह र रामपुर नगरपालिका ५ का वडा सदस्य युवराज शाहीले शुभकामना मन्तव्य राख्नु भएको थियो । गोविन्द रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन जोगन भुजेलले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?