छोरा बचाउन कालिगण्डकीमा हाम फाल्दा आमाको मृत्युु

स्याङ्जा, छोरा बचाउन कालिगण्डकी नदिमा हाम फाल्ने क्रममा आमाको मृत्युु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका –७ स्थित कालीगण्डकी नदीमा छोरा बचाउन हामफाल्ने क्रममा बिहादी गाउँपालिका–६ गब्राङ् पर्वत बस्ने २५ वर्षिय २५ की रीतु भट्टराईको मृत्यु भएको हो ।

शुक्रबार बिहान सेतीवेणी शिलाको दर्शन गर्न गएकी उनको चार वर्षीय छोरा रियान्स कालीगण्डकीमा खसेका थिए । नदिमा खसेकोमा छोरालाई बचाउनको लागि आमा रितुले नदिमा हाम फालेकी थिइन् । ३०/३५ मिटर तल बाट आमा, छोरालाई जिबितै उद्धार गरी कालीगण्डकी अस्पताल पु¥याइएको भए पनि उपचारका क्रममा आमा रितुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी निरीक्षक पावलसिंह जानकारी दिनुभयो ।

छोरा रियान्सलाई हुवास मञ्जरिया अस्पताल पर्वतमा उपचार पश्चात थप उपचारको लागि तानसेनस्थित मिसन अस्पताल रिफर गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?