मध्यरातमा जाजरकोट केन्द्र विन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

पाल्पा, मध्यराति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का देशका अधिकांश भुभागमा महशुस भएको थियो । पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिकाे विवरण आउन बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?