रम्भा गाउँपालिका–३ मा ट्याक्सी दुर्घटना हुँदा पाँच घाईते

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत रम्भा गाउँपालिका–३ सेरामा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । बुटवल बाट पोखरा तर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी आइतबार दुर्घटना हुँदा चालक सहित पाँच जना घाईते भएका हुन् ।

घुम्तीमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोक्किन जाँदा दुर्घटना भएको हो । घाईते हुनेहरुमा चालक पोखरा उप–महानगरपालिका १५ कास्की बस्ने ३८ वर्षिय सुरेश गुरुङ, ट्याक्सीमा सवार पोखरा उपमहानगरपालिकाका १५ नयाँ गाउँ बस्ने ७४ वर्षिय धन बहादुर गुरुङ, सोही स्थानका ७० वर्षिय गंगा गुरुङ, ४० वर्षिय विनोद गुरुङ र बुटवल उप–महानगरपालिका १० रामनगर रुपन्देहीका ७२ वर्षिय भिम बहादुर गुरुङ रहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते मध्ये चालको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि युनाईटेड मिशन अस्पताल तानसेन पठाईएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?