भूतखोलामा डुबेर एक जनाको मृत्यु

पाल्पा, पाल्पाको तिनाउँ गाउँपालिका–३, भूतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका ९ रुपन्देहीका २२ वर्षिय बिमल आचार्य रहेका छन् ।

आज विहान घुम्न आएका बिमल आचार्य र सोही स्थानका २६ वर्षिय युना दाहाल अचानक डुबेका थिए । उनीहरुलाई स्थानियले घाईते अवस्थामा उद्धार गरी उपचारको लागि बुटवल पठाएको थियो । घाईतेहरुलाई उपचारको लागि बुटवल हस्पिटल प्रा.लि.मा पु¥याई डाक्टरले चेकजाँच गर्ने क्रममा आचार्यलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । युना दाहालको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

भुत खोलामा डुबेर धेरैका ज्यान जाने थालेछि भूतखोलाको पोखरीमा जान निषेध गरिएको छ । पोखरी हेर्दा आकर्षक र सानो देखिएता पनि ज्यादै साँगुरो र गहिरो भएकाले पोखरी वरपर चिप्लो भएकाले डुब्ने जोखिम रहेको छ । निषेधित क्षेत्रमा बारे नाघेर जाँदा उनीहरु डुबेका दोभान प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?