तिनाउ खोलामा डुबेर एक भारतीय विद्यार्थीको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा डुबेर घुम्न आएकी एक विद्यार्थीको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे एक बजे फोटो खिच्ने क्रममा डुवेर भारत उत्तर प्रदेश मगहरकाजिपुरका २० वर्षिय शाहिस्ता प्रविनको मृत्यु भएको हो ।

विद्यालय बाट शिक्षक सहित २०/२५ जनाको संख्यामा नेपाल घुम्न आएकी उनी फोटो खिच्ने क्रममा चिप्लिन गई ड्याममा डुबेका थिए । उनलाई प्रहरी चौकी दोभान बाट खटिगएको प्रहरीले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो । अस्पताल पु¥याई चेक जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मंगलबार नै तिनाउ ३ दोभानको भूतखोलामा डुबेर एक जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?