स्याङ्जाको पुतलीबजार १३ मा दुई मोटरसाईकल ठोक्किदा ३ जना घाईते

स्याङ्जा, स्याङ्जाको पुतलीबजार नगरपालिका १३ मा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । मंगलबार अपरान्ह साढे ४ बजे पुतलीबजार १३ हटिया स्थित भित्रि सडक खण्डमा ग १० प ४७५९ नं. को मोटरसाईकल र ग.२१ प.१५०९ नं. को मोटरसाईकल एक आपासमा ठक्कर खाँदा दुबै मोटरसाईकलका चालक र पछाडी एक व्यक्ति घाईते भएका हुन् ।

ग.२१प. १५०९ नं. को मो.सा. चालक पुतलिबजार न.पा. १० बस्ने बर्ष २५ को सन्तोष कोईराला र सोही मोटरसाईकलको पछाडी सवार पुतलीबजार १० का २८ वर्षिय सफल थापा र ग.१०प. ४७५९ नं. को मोटरसाईकलमा सवार पुतलीबजार १३ सातुपसल बस्ने बर्ष ३५ को अशोक तिवारी घाईते भएका हुन् । घाईते मध्ये जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात कोईरालालाई मनिपाल अस्पताल पोखरा र तिवारीलाई गण्डकी मेडिकल कलेज रिफर गरिएको छ । थापा भने जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भ‌ैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?