रामपुरमा १५ शैयाको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि सञ्चालनमा

पाल्पा, जिल्लाको रामपुर नगरपालिका ५ बेझाँड बजारमा १५ शैयाको हस्पिटल सञ्चालनमा आएको छ । कालीगण्डकी बेशी क्षेत्रका जनतालाई अत्याधुनिक प्रविधि सहित दक्ष चिकित्सक मार्फत सेवा प्रदान गर्ने उद्देश्यका साथ पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.सञ्चालनमा आएको हो ।

बेझाँड बजार चोकमा स्थापना भएको हस्पिटलले शुक्रबार देखि सेवा शुभारम्भ गरेको छ । सडक सञ्जालको विस्तार संगै व्यापारिक केन्द्रको स्थापित हुँदै गरेको रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै हस्पिटल स्थापना गरिएको पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि.का सञ्चालक डा. भिमसेन सुनारले जानकारी दिनुभयो । यस क्षेत्रका जनतालाई अत्याधुनिक प्रविधिको प्रयोग गरी दक्ष चिकित्सकहरु मार्फत सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि १५ शैयाको अस्पताल स्थापना गरी सेवा सुचारु गरिएको उहाँले बताउनुभयो ।

हस्पिटलले डाक्टरहरुको उपस्थिति सहित २४ सै घण्टा इमरजेन्सी सेवा प्रदान गर्ने जनाएको छ । जनरल सेवा, मेडिकल फार्मेसी, मानसिक नशा तथा लागुपदार्थको कुलत छुटाउने सम्बन्धी उपचारात्मक तथा परामर्श सेवा, ल्याब्रोटोरी, प्याथोलोजी, माईनर अप्रेसन, ड्रेसिङ्ग जाँच उपचार, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, ईसीजि, इको, सेवा प्रदान गरिने पाल्पा मेट्रोसिटी हस्पिटलका निर्देशक मनिसा सुन्चेउरीले जानकारी दिनुभयो । उहाँका अनुसार हस्पिटल बाट स्त्री तथा प्रसुती, बालरोग, हाडजोर्नी, नशा, नाक,कान, घाँटी, स्नायु तथा मानसिक रोग सम्बन्धी उपचार विशेषज्ञ चिकित्सकहरु बाट प्रदान गरिने छ ।

२ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको हस्पिटलले आवश्यकता अनुसार शैयाको क्षमता थप गर्दै जाने जनाएको छ । हस्टिलका सञ्चालन डा. सुनारले रामपुरलाई शैक्षिक हबको रुपमा चिनाउन एकाडेमिक कक्षाहरु पनि सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । सेवा शुभारम्भाको अवसरमा हस्पिटलले कार्तिक ३० गते सम्म निःशुल्क स्वास्थ्य परीक्षण र सुगर जाँच गरिरहेको छ । साथै रगत, दिशा पिसाव परिक्षण, भिडियो एक्सरे युएसजि, डिजिटल एक्सरे, ईसिजि जाँचमा २५ प्रतिशत छुट प्रदान गरेको छ ।

शुभारम्भको अवसरमा आज जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर, थाईराईड तथा मृगौला रोग) विशेषज्ञ डाक्टर रमेश यादव, स्त्री, प्रसुति तथा प्रजनन् रोग विशेषज्ञ डाक्टर सतिस रुपाखेती र हाडजोर्नी, नसा तथा चेटपटक विशेषज्ञ डाक्टर विशाल काफ्ले विशेषज्ञ सेवा प्रदान गर्नु भएको थियो । पहिलो दिन १ सय ७३ जना विरामीले सेवा लिएको निर्देशक सुन्चेउरीले बताउनुभयो । साथै ६५ जनाको युएसजि अर्थात भिडियो एक्सरे गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?