पाल्पा, लायन्स क्लब अफ श्रीनगरले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सम्बत ११४४ को अबसर मा शुुभकामना आदानप्रदान गरेको हो ।
क्लवका अध्यक्ष अनुजा बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथी संगै लायन्स का पदाधिकारीहरुलाई क्लबका अध्यक्ष अनुजा बज्राचार्यले फुल, माला ढाका टोपीले स्वागत गर्नुका साथै नेवारी परम्परा अनुसार टारेको अण्डा, माछा, अदुवा, लसुन र पालामा सगुन हातमा हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सारुले नेपाल संम्बत् नेवार जातिको नयाँ संम्बत् भएको बताउनुहुँदै सम्पुर्णमा सुख, शान्ति, समृद्धको शुभकामना व्यक्त गर्नु भयो । सो अबसरमा नेपाल संम्वत्कोबारेमा क्लबका भुतपुर्व अध्यक्ष मदनलाल बज्राचार्यले कुनै बेला राष्ट्रिय बिभुती शंखधर साख्वाले किसानहरुलाई ऋण मुक्त गरेको र यो पर्व नेवार जाति ले आफ्नो आङ पुजा अर्थात म्हः पुजाको दिन यो पर्व मनाइने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लबका एफ डब्लु सि संयोजक सुशील प्रधान , सिनियर डिस्ट्रक एड्भाइजर भेष राज सुवेदी, एरिया २ पाल्पाका प्रमुख भिम बहादुर श्रेष्ठ, क्लबका भुतपुर्व अध्यक्ष त्रिरत्नलाल शाक्य लगायतले नेपाल संम्बत् र शंखधर साख्वाको देनको बारेमा चर्चा गर्नु भएको थियो । उपाध्यक्ष कपिल कृष्ण कार्कीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन राम लाल श्रेष्ठले गर्नु भएको हो ।