महाकवि देवकोटाको ११५ औं जन्मजयन्ती रामपुरमा पनि मनाईयो

पाल्पा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती पाल्पाको रामपुरमा रचना वाचन कार्यक्रम गरी मनाईएको छ । मुक्तक मञ्च रामपुरको सहकार्यमा प्रतिष्ठानले लक्ष्मी जयन्ती विशेष रचना वाचन कार्यक्रम गरी मनाईएको हो ।

दिप प्रज्वलन संगै देवकोटाको तस्वीरमा माल्यर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष एवं सल्लाहाकार बासुदेव ढकाल, अखिल नेपाल प्रवासी संघका साहित्यका राम गैरे पाल्पाली, प्रतिष्ठानका सदस्य दानस मल्ल, अर्जुन श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य संगै रचना वाचन गरेका थिए ।

राधाकृष्ण मन्दिर बेझाँडमा भएको कार्यक्रममा १६ जना भन्दा बढीले महाकवी देवकोटा संगै तिहार पर्वलाई समेतेर आआफ्ना सहिहित्य रचना वाचन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष हुमा देवकोटाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सहसचिव शोभा केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दिपकमणी अर्यालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?