बर्दलेमा मोटरसाईकल दुर्घटना हुँदा पाँच जना घाईते

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका १० बर्दलेमा मोटरसाईकल दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । ओभरटेक गर्ने क्रममा गुडिरहेको मोटरसाईकललाई अर्को मोटरसाईकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

रामपुर १० को बर्दलेचोक देखि रामपुर बेझाँड तर्फ गैरहेको लु २१ प ५८४४ नम्बरको मोटरसाईकललाई सोही दिसा तर्फ जादै गरेको लु २१ प ९९०२ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ठक्कर खाई दुर्घटना भएको हो । सोमबार अपरान्ह भएको दुर्घटनामा रामपुर नगरपालिका १० अदम्बरा बस्ने १६ वर्षिय आकाश सारु, सोही मोटरसाईकलमा सवार रामपुर १० का १७ वर्षिय सुदिप सिंजाली मगर, चापाकोट नगरपालिका ९ बेलचौर बस्ने १९ वर्षिय बिदुर भण्डारी, सोही स्थानका १९ वर्षिय सुदिप भण्डारी र ६ वर्षिय एलएस भण्डारी घाईते भएका हुन् ।

घाईते मध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाईतेहरुलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल पठाईएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?