गण्डकीका भलिबल खेलाडी सन्तोषको मोटरसाइल दुर्घटनामा निधन




– गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ । स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा मंगलबार राती ११ बजेको आसपासमा उनी मोटरसाइल दुर्घटनामा परेका थिए । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट आफ्नो घर फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परि २२ वर्षे सन्तोषको मृत्यु भएको हाे ।

स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा मंगलबार राती ११ बजेको आसपासमा उनी मोटरसाइल दुर्घटनामा परेका थिए । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परि २२ वर्षे सन्तोषको मृत्यु भएको खबर पाएको एपिएफ भलिबल टोलीका कप्तान महेन्द्र श्रेष्ठले जानकारी दिए ।चापाकोट ८ दुर्दाङमा उनको मोटरसाइटल दुर्घटनामा परेको बताइएको छ । ‘पछिल्लो समय सन्तोष एपिएफबाट खेल्दै आएका थिए । हाम्रो क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका थिए’, श्रेष्ठले भने, ‘क्लबले नै करारमा राख्ने भन्ने बारेमा छलफल भइरहेको थियो ।’
सन्तोषले गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?