गण्डकी प्रदेश भलिबल टोलीका खेलाडीको मोटरसाइकल दुर्घटनमा मृत्यु

 

स्याङ्जा, गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परी मृत्यु भएको छ । स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

२२ वर्षे सन्तोषको चापाकोट ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनामा परेको गण्डकी प्रदेश भलिबलका क्याप्टेन हरि पाण्डेले जानाकारी दिनुभयो ।मंगलबार राती १०:३० बजे भएको दुर्घटनामा थापा सवार लु ६७ प ४०१७ को मोटरसाईकलमा दुर्घटना भएको थिय‍ो । थापाको राती बजे उपचारको क्रममा १:१५ चापाकोट अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेल्नुभएका सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समते खेल्दै आउनुभएको थियो । गण्डकीका उदीयमान खेलाडी थापाले एपिएफबाट एनभिए, लामाचौर र किङ्स कप खेल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?