वालिङमा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु

स्याङ्जा, स्याङ्जाको वालिङ नगरपालिका–१ मा अटो दुर्घटना हुँदा १६ महिनाको शिशुको मृत्यु भएको छ । शनिबार अपरान्ह वालिङ १ खहरे स्थित भित्री कच्ची सडक खण्डमा रामबाच्छाबाट खहरे तर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटो अनियन्त्रित भै दुर्घटना हुँदा शिशुको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका १० कान्छीबजार रुपन्देही बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाको कायरा क्षेत्रीको मृत्यु भएको हो । अपरान्ह ४ः२० बजे चालक सहित ४ जना सवार अटो अनियन्त्रित भई सडकमा नै दुर्घटना हुन जाँदा शिशुको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । त्यस लगतै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा लगिएकोमा ४ः५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

अटोमा सवार अन्य सकुशल रहेका छन् । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?