स्याङ्जाको पुतलीबजार–१४ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । चालक दाङ जिल्ला दंगीशरण गाउँपालिका–४ का २८ वर्षीय रामहरि चौधरीको मृत्यु भएको हो ।

सोमबार विहान साढे नौ बजे भित्री सडक खण्डमा तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग १ त ४९८७ नम्बरको ट्याक्टर बाटोमा पल्टिँदा उनको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु जिल्ल प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?