कालीगण्डकी नदीमा एक पुरुष मृत फेला

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेकाे छ । रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।

घरमा कोही कसैलाई थाहा नदिइ मंगलबार देखि सम्पर्क विहिन भएका थिए । उनको खोजतलास गर्ने क्रममा  कालीगण्डकी नदीमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?