पूर्वखोला ५ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका–५ मा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर धनी एवं चालक पूर्वखोला–५,कर्नेडाँडा पाल्पा बस्नेअन्दाजी ४० वर्षिय चन्द्र बहादुर काम्मुको मृत्यु भएको हो ।

पूर्वखोला–५, शिखरडाँडा स्थित भित्री सडकखण्डमा कर्नेडाँडाबाट पोखरीछाप तर्फ जाँदै गरेको लु ४ त ६५५३ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भै दिउँसो साढे ३ बजे दुर्घटना हुँदा काम्मु गम्भिर घाईते हुनु भएको थियो । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो । साँझ ६ः५५ बजे चिकित्सकले चोकजाँच पश्चात उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनुभयो ।

ट्याक्टर सडक बाट अन्दाजी २ सय मिटर तल खेतमा खसेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?