वाईसिएल नेपाल रामपुर नगर कमिटीको प्रथम भेला सम्पन्न

पाल्पा, नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल रामपुर नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ । रामपुर नगरपालिका ५ काञ्जीहाउसमा सम्पन्न भेलाले सिताराम देवकोटाको अध्यक्षतामा २३ सदस्य नगर कमिटी गठन गरेको छ ।

नगर कमिटीको उपाध्यक्षमा सुन्दर वि.क., अविनाश वि.क., सचिवमा समिना, कोषध्यक्षमा अरमान खाँन रहनु भएको छ । त्यस्तै सदस्यहरुमा विशाल वि.क., सन्देश नेपाली, सन्तोष नेपाली, जस्मिना नेपाली, पुजा नेपाली, मञ्जु वि.क., अर्जुन वि.क., सुन्दर वि.क., अर्जुन वि.क., पवित्रा नेपाली, सागर वि.क., आयुष वि.क., नवराज भण्डारी, गौदर घर्ती, नवीन सुनार, सुहाना वेगम, मोहमद अर्सद, रहिम बक्स माझिलाई चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य सिताराम देवकोटाको अध्यक्षतामा भएको अधिवेशन माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको हो । अधिवेशनको उट्घाटन गर्दै प्रमुख अतिथी मास्कीले राजनीतिमा युवाको सक्रियताको खाँचो रहेको बताउँदै युवाले चालेका सकारात्मक कदममा हरपल साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र वि.क., वाईसिएल नेपालका केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरे र नेकपा माओवादी केन्द्र रामपुरका नगर कमिटी अध्यक्ष यम बहादुर सुनारले आफ्नो धारणा राख्नु भएको थियो । समिना खातुनको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र रामपुरका सचिव पिताम्बर भट्टराईले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?