रामपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

पाल्पा, आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० गतेसम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिएको छ ।

पाल्पाको रामपुर नगरपालिकामा पनि आज एक कार्यक्रम गरी अभियानको सुरु गरिएको छ । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा कार्यक्रम गरि अभियानको सुरु गरिएको हो ।कार्यक्रमको उद्देश्यबारे रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजिकरण सहजकर्ता स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियारले गर्नुभएको हो ।

कार्यक्रम जनप्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुख, वडा सचिव, पत्रकार लगायतको सहभागीता थियोे । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका महिला तथा सामाजिक विकास शाखा प्रमुख पुजा परियारले गर्नुभएको हो ।
नगरपालिकाले दशवटै वडामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अनर्तगत विभिन्न कार्यक्रम गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?