पाल्पा, नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको ‘पारिजातको बोट’ बोलको गीत सार्वजनिक गर्नु भएको छ ।
लामो समय देखि सिंगापुरलाई कर्मथलो बनाउँदै आउनु भएका लोक सर्जक खिमानन्द खरेलले पारिजातको बोट पञ्चेबाजा गीत म्युजिक भिडियो सहित सार्वजनिक गर्नु भएको हो । पाल्पाको रमणीय स्थल बौघागुम्बामा छायाङ्कन भएको गीतमा खिमानन्द खरेलको शब्द र लय रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ ।
गाउँघरमा गुन्जिने पञ्चेबाजामा तयार भएको यस गीतमा ईश्वर सिंह र सुनिता बुढा क्षेत्रीले आवाज भर्नु भएको हो । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गर्नु भएको हो । सुमन थापा, अस्मिता रनपाल, दिप्सन छेत्री र नबिना घर्तीको यस गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।
सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले भिडियो सम्पादन गर्नु भएको हो । भिडियोलाई रेभेन्स म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
खरेलका हरेक सृजनाले गाउँघर कै झल्को दिने गरेको पाइन्छ।