११ वर्ष देखि फरार प्रतिवादी पक्राउ

पाल्पा, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ११ वर्ष देखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदिखोला गाउँपालिका वडा नं. २ बस्ने ३३ वर्षिय विशन गुरुङ रहेका छन् ।

लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्दामा तत्कालिन सम्मानित पुनरावेदन अदालत पोखराको मिति २०६९ असार १७ गतेको फैसलाले गुरुङलाई पाँच बर्ष कैद र दश हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

उहाँलाई आजै स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार ४ वर्ष देखि फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?