भू.पू. सैनिक राईजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलमा मावि स्तरीय क्रिकेट प्रतियोगिता सुरु

पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिस सेकेण्डरी स्कुल रामपुर–५ पाल्पामा आज देखि अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । विद्यालयले स्थापनाको २५ औं वर्ष पूरा भएको सखद् अवसरमा आज सुरु गरेको रजत महोत्सव विशेष कार्यक्रम अन्तर्गत रामपुर नगर स्तरीय माध्यमिक तहको क्रिकेट प्रतियोगिता सुरु भएकोहो ।

प्रतियोगिताको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य दुर्गेश मल्लको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिताको प्रमुख अतिथी मल्लले एम्पाएरलाई बल र व्याट हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि रजत जयन्तीको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत उट्घाटन खेल भूपू सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल र सीताराम माध्यमिक विद्यालय विच भएको थियो । खेलमा सीतारामलाई भूपू सैनिक राइजिङ्ग इङ्गलिश स्कुलले छ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा जनविकास माध्यमिक विद्यालयले शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पालाई ८ विकेटले पराजित गरेको छ । तेस्रो खेलमा रामपुर आवासिय माध्यमिक विद्यालयले रजघरा इङ्गलिस बोर्डिङ स्कुललाई १ सय २ रनले पराजित गरेको हो । चौथो खेलमा दरैठाँटी माविले र आधारभूत माविलाई पराजित गरेको छ ।

विहिबार नै दोस्रो चरणको खेल पनि सुरु भएको छ । जस अन्तर्गत खेलमा आनन्द निकेटन विद्याआश्रमलाई रामपुर अंग्रेजी आवासिय माविले २८ रनले पराजित गरेको शिक्षक अजय अधिकारीले जानकारी दिनुभयो । बाँकी खेल भोलि ८ बजे बाट सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?