भू.पू. सैनिकमा उत्प्रेरणात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर–५ पाल्पामा उत्प्रेरणात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीका जीवन विज्ञानको महत्व संगै उत्प्रेरणा जगाउने ध्येयका साथ कार्यक्रम भएको हो ।

विद्यालयले २५ औं वर्ष पुरा गरेको अवसरमा मनाई रहेको रजत महोत्सव विशेष कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत विकल काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी काफ्लेले विद्यालयले स्थापना देखि हाल सम्मको अवधीमा महत्वपूर्ण उपलब्धी प्राप्त गर्नुका साथै नगरको शिक्षा विकासमा टेवा दिएको बताउनुभयो । उहाँले अतिरिक्त क्रियाकलप मार्फत विद्यार्थीहरुको चौतर्फी विकासको लागि चालेका कदमको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा जीवन विज्ञान केन्द्रका सदस्य एवं शिक्षा तथा विकास केन्द्र गण्डकी प्रदेशका संयोजक शंकर पोखरेल र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रामपुरका सरस्वती दिदीले जीवन विज्ञान सहित सफलता प्राप्ति कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । विद्यालयका प्रिन्सिपल गोपि सिग्देलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी संगै अभिभावकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?