पाल्पा, स्याङ्जामा अबैध रुपमा गिट्टी वालुवा उत्खनन् तथा ओसार पसार गर्ने जेसिबि र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा न २ दबिस्थान अरौदी खोलामा अबैध रुपमा गिट्टी वालुवा उत्खनन् तथा ओसार पसारमा संलग्न जेसिबि र ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ग १ क ६१८७ नम्बरको जेसिबि र लु ४ त १४२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । आइतबार जेसिबि र ट्याक्टरलाई नियन्त्रणमा लिई थप कारवाहिको लागि आज पुतलीबजार नगरपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।