दुई पुरुषको शव अझै सनाखत हुन सकेन

पाल्पा, सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाको छुट्टाछुट्टै स्थानमा फेला परेको दुई पुरुषको शव सनाखत हुन सकेको छैन । तिनाउ–५ चरचरेमा गत मंसिर १४ गते र तिनाउँ–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै मृत अवस्थामा फेला परेको दुई व्यक्तिको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत मंसिर गते दिउँसो साढे ३ बजे चरचरे स्थित सिद्धार्थ राजमार्गको छेउमा नामथर वतन नखुलेको बर्ष अन्दाजी २०/२२ को पुरुष व्यक्तिको शव फेला परेको थियो । त्यस्तै मंगलबार बिहान ९ बजे तल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गको कुना पट्टिको नालीमा नामथर वतन नखुलेको अन्दाजी ५०/५५ बर्ष को जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको थियो । हाल सम्म उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको हुलिया प्रचार–प्रसार गरी सनाखतमा सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।

२०८०/०८/१४ गते तिनाउ गा.पा. ५ चरचरे स्थित सिद्धार्थ राजमार्गको छेउमा मृत भेटिएको व्यक्तिको शव

हुलिया :– नामथर, वतन नखुलेको, उचाई फिट ५ फिट ३ ईन्च, बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु भएको, शरीरमा खैरो रङको ज्याकेट (विन चिटर), हरियो रङको स्वीटर, कालो रङको ट्राउजर, कलेजी रङको टि–सर्ट, बैजनी रङको गलबन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको अन्दाजी बर्ष २०/२२ को पुरुष व्यक्ति ।

 

मिति २०८०/०८/१९ गते बिहान अन्दाजी ०९ः०० बजेको समयमा तल्लो सिद्धबाबा मन्दिर नजिकै मृत भेटिएको व्यक्तिको शव ।

हुलिया :– नामथर, वतन नखुलेको, उचाई ४ फिट ९ ईन्च, टाउको र घाँटीमा पहेलोमा रातो रंगको ओम नमः शिवाय श्रीराम लेखेको ३ वटा सल भिरेको, खैरो रंगमा कालो बुट्टे स्विटर, खैरो रंगको टिसर्ट, कालोमा सेतो धर्का भएको हाप पाईन्ट, कालो फित्तावाला चप्पल लगाएको, कालो रंगको भिर्ने र पछाडी बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहु गोरो, मंगोलियन अनुहार भएको, दाह्री जुंगा पालेको बर्ष अन्दाजी ५० / ५५ को पुरुष व्यक्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?