न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर ९ पाल्पामा सम्पन्न

पाल्पा , लैङ्गिक हिंसा तथा कानुनी उपचार सम्बन्धि सचेतना कार्यक्रम रामपुर ९ पाल्पामा सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम विहिकार सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले डर त्रासका कारण हिंसा विरुद्ध बोल्न नसक्दा हिंसा बढ्दै गएको बताउनुभयो । विभिन्न डर र ईज्जत जान्छ भन्ने डरले हिंसा सहेर बस्न नहुने बताउनु भएको छ । साथै सामाजमा हुने , लैङ्गिक , आर्थिक , सामाजिक , धामिएक लगाएत जुनसुकै हिंसा विरुद्ध खुलेर विरोध गर्न आवश्यक रहेको बताउनुभयो । जनशान्ति माध्यमिक विद्यालयको सभाहल अर्वसिङ्गमा भएको कार्यक्रममा वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले वडालाई हिंसा रहित वडा निर्माणका लागि कसैले पनि हिंसा गर्न नहुने र सहन नहुने कुरामा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि केशवराज पंगेनी , नेकपा एमालेका प्रतिनिधि नेत्र गाहा लगाएतले बोल्दै समाज हुने हिंसाको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा सहभागिहरुको तर्पmबाट याम कुमारी रानाले हिंसा र यसको कानुनी उपचारको विषयमा जानकारी गराएकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो । कार्यक्रममा लैङ्गिक हिंसा , हिंसाका प्रकार , यसको अवस्था र न्यायीक समितिले गर्ने कामको विषयमा रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले सहजिकरण गर्नु भएको थियो भने कानुनी उपचार र कानुनी व्यवस्थाको विषयमा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक शालिकराम खनालले सहजीकरण गर्नु भएको थियो ।

रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । न्यायीक समिति सदस्य तेज कुमारी नेपाली गैर्को स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?