स्याङ्जाको पुतलीबजार- १० मा ट्रक दुर्घटना हुँदा चालक घाइते

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका- १० बरजामा बिहीबार दिउँसो मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । घाईते हुनेमा पाल्पाको तानसेन नगरपालिका – ७ धोबीघाटका ३२ वर्षीय केशव घिमिरे रहेका छन् ।

बुटवलबाट स्याङ्जातर्फ जाँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक अचानक स्ट्रिङ लक भए सडकबाट दुई सय मिटर तल खस्दा चालक घिमिरे गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । उहाँको ढाड र बायाँ खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको  छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?