आफैले बोकेको भरुवा बन्दुक पड्कीएर एक पुरुषको मृत्यु


पाल्पा,  दुम्सी मार्न जाने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किएर पाल्पा एक पुरुषको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल घ्याङसिङ्डाँडाका ४८ वर्षिय डम्मर बहादुर सारुको मृत्यु भएको हो ।

      सारु शनिबार साँझ घर नजिकै आफ्नो बारीमा भरुवा बन्दुक बोकी फापर खान आएको दुम्सी मार्न जानु भएको थियो । सोही क्रममा अचानक लडी आफैले बोकेको पड्किदा छर्रा लागेर उहाँ घाईते हुनु भएको हो । घाईते सारुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएकोमा आज विहान ३ः२० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रहरीले घटनास्थल निस्दी–४ सपाङ्दी गैरा स्थित रहेको खरबारीको अम्रिसो घारी बाट १ नाले भरुवा बन्दुक र १ वटा झोला फेला पारेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?