पाल्पा, पाल्पा मेट्रोसिटी हस्पिटल प्रालिले निःशुल्क सुगर तथा रक्तचाप परीक्षण शिविर सम्पन्न गरेको छ । रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाको अवसरमा शिविर सञ्चालन गरेको हो ।
न्यू होटल श्रीनगर भएको साधारण सभाको अवसरमा सुगर तथा रक्तचाप परीक्षण शिविर सम्पन्न गरेको हो । शिविर मार्फत ३ सय ३५ जनाले सेवा लिएको पाल्पा मेट्रोसिटी हस्पिटलका प्रबन्ध निर्देशक मनिषा सुन्चेउरीले जानकारी दिनुभयो । सेवा लिएकाहरु मध्ये १ सय ६५ जनामा सुगर र ११० जानामा उच्च रक्तचप देखिएको उहाँले जानकारी दिनुभयो ।
शिविरमा हस्पिटलका चिकित्सकहरुको टोलीले परामर्श पनि प्रदान गर्नु भएको थियो । हस्पिटलका सञ्चालक डा. भिमसेन सुनारले आगामी दिनमा रामपुर नगर भित्रका वडा संगै छिमेकी जिल्ला तथा पालिकाहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । हस्पिटलले रामपुरको मुख्य बजार बेझाँड बाट नियमित सेवा प्रदान गर्दै आएको छ ।