लुम्बिनी प्रदेश गाउँ बाटै रोजगारी सृजना गर्न लागि परेको मुख्यमन्त्री चौधरीको भनाई

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार गाउँ बाटै रोजगारी सृजना गर्न लागि रहेको बताउनु भएको छ । गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रदेशका २ लाख जनतालाई रोजगारी सृजना गर्ने लक्ष्य अनुरुप कार्य अघि बढाएको बताउनुभयो । “गाउँ बाटै रोजगार सृजना गर्र्ने कार्यमा प्रदेश सरकार लागि परेको छ । भने हामीले कार्यविधि बनाउँदै छ । सबै स्थानको सर्भे आईसकेको छ ।” नेपालीमा स्थानीय उत्पादन भन्दा पनि आयातित सामानको प्रयोग बढ्दै गैरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । “पहिले दाल चामल लगाएत नेपालमा जे उत्पादन भएको छ त्यही खान्थ्यौ । अहिलेको आफ्नो सामान फाल्ने र अन्य देश बाट आएको सामाने खाने चलन बढ्दो छ ।”

कोदोको रक्सी ब्राण्डिङ्ग पाल्पा बाटै सुरु गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पाल्पाको ढाका, करुवा, अम्रिसो, सुन्तला, अकबरे खुर्सानी लगाएतका बस्तुको ब्राण्डिङ्ग र बजारीकरण कसरी गर्न सकिन्छ भन्नेमा लागि रहेको बताउनुभयो । साथै मगरी संस्कृतिलाई कसरी पर्यटन संग जोड्ने भन्ने तर्फ ध्यान केन्द्रित रहेको बताउनुभयो । गाउँमै रोजगार सृजना गर्नका लागि क्वीक सर्भेको काम भैरहेको र केही समय पश्चात विज्ञ सदस्यहरुको टोलीले अध्ययन गर्ने जानकारी दिनुभयो ।

रामपुरलाई प्रदेशको नमुना शहर कसरी बनाउने भन्ने विषयमा प्रदेश सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले रामपुर सम्भावना नै सम्भावना रहेको क्षेत्र भएको बताउनुभयो । अस्पताल विकास समितिको विषयमा रहेको विवादको सन्दर्भमा चौधरीले नेपालका राजनैतिक नियुक्तिहरुमा गल्तीहरु हिजो देखि नै भैरहेकाले यसको स्थायीत्वका लागि प्रदेशले पहल चालेको बताउनुभयो । “अस्पतल विकास समिति हाल सम्म गठन आदेश बाट हुँदै आएकोमा अब कानुन बनाएर स्थायित्व प्रदान गर्दैछौै ।” उहाँले भन्नुभयो । कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको निरीक्षण लगतै भएको पत्रकार भेटघाट कार्यक्रम नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष दान बहादु हिस्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस युनियन पाल्पाका सहसचिव इमान सिं रानाले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?