मोटरबाटो मर्मतको क्रममा ज्यान गुमाएका डोजर चालकको परिवारलाई रामपुर नगरपालिकाकाे आर्थिक सहयोग

पाल्पा , मोटरबाटो ममर्तको क्रममा मृत्यू भएका डोजर चालकको परिवारलाई रामपुर नगरपालिकाले आर्थिक राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका धनविर खड्काको परिवारलाई राहत सहयोग स्वरुप नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रामपुर नगरपालिका वडा नं. १० को टोक्से पलेङ बाटो मर्मतको क्रममा पहिरोले डोजर पुरिएर ज्यान गुमाएका २४ बर्षिय खड्काको परिवारलाई नगरपालिकाले सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

शान्तीनगर गाँउपालिका वडा नं. १ नयाँबस्ती निवासी खड्काकी श्रीमती पवित्रा खड्कालाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले एक लाख रुपैयाँ बराबरको बैंकको चेक हस्तान्तरण गर्नु भएको हो । नगरपालिका भित्रको सडक मर्मतको क्रममा ज्यान गुमाएकोमा दुख व्यक्त गर्दै परिवारलाई राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।

खड्काको गत असोज २२ गते वडा नं.१० को टोक्से पलेङ मोटरबाटो मर्मत संभारको क्रममा माथिबाट आएको पहिरोले ब्याकहोलोडर पुरिएर घाईते भएका खड्काको उपचारको क्रममा मृत्यू भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?