पाल्पा, रामपुर नगरपालिका–५ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । आदीवासी जनजाति समन्वय समिति तथा महिला क्षमता विकास समिति रामपुर ५ पाल्पाको संयुक्त आयोजना र रामपुर नगरपालिका ५ नं. वडा कार्यालयको अर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
राम्चे सामुदायिक वनको सभाहलमा भएको तालिमको सोमबार एक कार्यक्रमका विच उट्घाटन गरिएको छ । महिला क्षमता विकास समिति रामपुर ५ पाल्पाका अध्यक्ष सरस्वती सोमैको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिमको उट्घाटन गर्दै प्रमुख अतिथी पोखरेलले आदीबासी जनजाति तथा महिलाहरुको नेतृत्व विकास संगै आफ्नो अधिकारको उपयोगमा तालिमले महत्वपर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले विकास निर्माणका योजना तथा कार्यक्रम सञ्चालन समय मै प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँ नेपाली, वडा सदस्य ईश्वरी काफ्ले, युवराज शाही, नरेन्द्र कुमार जर्घा, दध्रान टोल विकास संस्थाका टोल संयोजक काशीनाथ रेग्मी र प्रशिक्षक रमा भण्डारीले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम माथि महिला क्षमता विकास समितिका सदस्य मञ्जु भट्ट क्षेत्रीले प्रकाश पार्नु भएको थियो ।
महिला क्षमता विकास समितिका उपाध्यक्ष चल कुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन आदीवासी जनजाति समन्वय समिति रामपुर ५ का सचिव विन्दु श्रेष्ठले गर्नु भएको हो । आगामी मंसिर २९ गते सम्म हुने तालिममा रामपुर ५ का महिला समुह तथा आदीबासी जनजाति समुदायका ६० जना भन्दा बढीको सहभागीता रहेको छ । तालिमको सहजिकरण पत्रकार सीता डोटेल, दानु हिस्की, रमा भण्डारी र इमान सिं रानाले गरिरहनु भएको छ ।