चापाकोट –१० मा मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते

पाल्पा, चापाकोट नगरपालिका १० स्याङ्जामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका छन् । मंगलबार दिउँसो पौने दुई बजे चापाकोट १० को किसान पक्की सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्कीदा दुवै मोटरसाईकल चालक घाईते भएको हो ।

लु.२० प. ७६३४ नं. को मोटरसाईकल र लु. ८० प. ६१९० नं. को मोटरसाईकल एक आपासमा ठक्कर खाँदा ७६३४ नं. मोटरसाईकल चालक रामपुर नगरपालिका ४ बस्ने २० वर्षिय बिपन दर्जी र ६१९० नं. नं. मोटरसाईकल चालक तिलोत्तमा नगरपालिका ३ बस्ने ४७ वर्षिय कर्तिनिधी खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनसार घाईते मध्ये विपिनको अनुहार र दायाँ हातमा भित्री चोट, र कर्तिनिधीको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । घाईतेहरुलाई उपचारको लागि चापाकोट अस्पताल पठाईएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?