रामपुर –५ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका–५ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । गत मंसिर २५ गते देखि आदीवासी जनजाति समन्वय समिति तथा महिला क्षमता विकास समिति रामपुर ५ पाल्पाको संयुक्त आयोजना र रामपुर नगरपालिका ५ नं. वडा कार्यालयको अर्थिक सहयोगमा सुरु भएको तालिम शुक्रबार समापन भएको हो ।

राम्चे सामुदायिक वनको सभाहलमा भएको तालिमको सहभागीहरुलाई प्रमाण प्रदान गरी शुक्रबार समापन गरिएको हो । आदिबासी जनजाति समन्वय समिति रामपुर ५ का उपाध्यक्ष टकमाया दरैको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथी पोखरेलले तालिमले महिला तथा आदिबासी जनजाति समुदायको क्षमता विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले सिमित बजेटका विच सम्पन्न भएको कार्यक्रमले क्षमता विकास संगै समाज रुपान्तरणको लागि नेतृत्व तयार गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा लक्ष्यित समुदायको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरकार्यपालिकाका सदस्य एवं वडा सदस्य माया नेपालीले लक्ष्यित वर्गको क्षमता विकास गर्न सके मात्र विकासले सार्थकता प्राप्त गर्ने बताउँदै सोही अनुसार बजेट विनियोजन गरेर वडा अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा रामपुर ५ का वडा सदस्य युवराज शाही, ईश्वरी काफ्ले र प्रशिक्षक दानु हिस्की मगर, शित्तल पार्क टोल विकास संस्थाका संयोजक सावित्रा गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्दै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुको तर्फ बाट उमा कुमारी श्रेष्ठ, गंगा थापा, तिनिशा ठाडा, सावित्री श्रेष्ठ, सुस्मा ओस्तीले आफ्नो अनुभव मन्तव्य राख्नु भएको थियो ।

महिला क्षमता विकास समिति रामपुर ५ का गंगा अधिकारीको स्वागत बाट सुरु भएको कार्यक्रमकोमा सहभागीहरुलाई महिला क्षमता विकास समितिका अध्यक्ष सरस्वती सोमैले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन आदीवासी जनजाति समन्वय समिति रामपुर ५ का सचिव विन्दु श्रेष्ठले गर्नु भएको हो । तालिममा रामपुर ५ का महिला समुह तथा आदीबासी जनजाति समुदायका ६० जन भन्दा बढीको सहभागीता रहेको थियो । तालिमको सहजिकरण पत्रकार सीता डोटेल, दानु हिस्की, रमा भण्डारी र इमान सिं रानाले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?