रुख बाट लडेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका-५ मा दालचिनी काट्ने क्रममा लडेर तिनाउ गाउँपालिका–५ मा एक पुरुषको मृत्यु भएको छ । तिनाउ ५ कोलडाँडाका ४६ वर्षीय शेरबहादुर गाहाको मृत्यु भएको हो ।

शनिबार दिउँशो ३ बजेतिर घरदेखि तीन किलोमिटर टाढा चिनडेया गैरा नजिकै रहेको दालचिनीको बोटमा चढेर हाँगा काट्ने क्रममा लडेर गाहाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गाहाको शवको पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?