पाल्पा, निस्दी गाउँपालिका -५ गल्धामा लडेर एक वृद्धको मृत्यु भएको छ । निस्दी–४, खोप्लाक बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चाको मृत्यु भएको हो ।
बुधवार राति १० बजे ढुङ्गानावेशी बाट पैदल घर फर्किने क्रममा बाटोबाट चिप्लिएर ८ मिटर तल खस्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । घाइते खाम्चालाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको थियो । थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको थियो । खाम्चाको विहान ७:०५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।