रोटरी क्लव अफ रामपुरले तेस्रो स्थापना दिवस मनायो

पाल्पा, रोटरी क्लव अफ रामपुर पाल्पाले तेस्रो स्थापना दिवस मनाएको छ । सामाजिक कार्यमा सक्रिय क्लवले शुभकामना आदनप्रदान गरी स्थापना दिवस मनाएको हो ।

रोटरी क्लव अफ रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम क्लवका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले निम्न वर्गिय गरिब जनताको सेवाको लागि स्थापना भएको क्लवलाई बृहत् रुपमा अघि बढाउन अाग्रह गर्नुभयो । उहाँले उद्यमी तथा व्यसायिहरुलाई समेट्दै थप सक्रिय भएर सामाजिक कार्यमा अघि बढ्न अाग्रह गर्नुभयो ।

कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष रुद्र नारायण श्रेष्ठ र पत्रकार सीता डोटेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका अध्यक्ष सागर प्रसाद देवकोटाले क्लवले गरेका कार्यक्रम र भावि योजनाको विषयमा प्रकाश पार्नु भएको थियो । क्लवले हेल्थ क्याम्प सञ्चालन संगै रामपुरअस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्रको लागि अावश्यक सामाग्री उपलब्ध गराउन पहल गरिरहेको जानकारी दिनुभयो ।

इलेक्ट प्रसिडेण्ट कृतिनाथ श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई प्रेसिडेण्ट नोमिनी गोविन्द प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको सञ्चालन रोटरियन कृष्ण प्रसाद भट्टराईले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?