जगतभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तिलक गुरुङ
वालिङ, जगतभञ्ज्याङ्ग स्वास्थ्य चौकी वालिङ नगरपालिका ५ स्याङ्जामा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा नं. ५ को आयोजना, मिर्दी क्लिनिक वालिङ–६ र आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रा.लि.को प्रावीधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविर बाट ३ सय ४७ जना बिरामिहरुको निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका छन् । मिर्दी क्लिनिकका संचालक सन्तोष रेग्मीको नेतृत्वमा आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटलका मृगौला बिशे विशेषज्ञ डा. अमृत के.सी., फिजिसियन डा. रबिन्द्र पौड्याल, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. भिम सिग्देल, रेडियोलोजिष्ट डा. नवराज पौड्याल, स्त्री तथा प्रसुती रोग बिशेषज्ञा डा शंकर राउतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा निस्शुल्क भिडियो एक्सरे, रगत तथा पिसाव जाँच गरी निःशुल्क औषधि बितरण गरिएको थियो ।

शिविरको उट्घाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खाँडले दुरदराजका जनताको स्वास्थ्य समस्या पहिचान गरी समय मै उपचार गर्न शिविरले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी, वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिप प्रताव खाँण, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटलका डा अमृत के.सि, निवर्तमान वडा अध्यक्ष ढाकाराम पंगेनी, पुर्व कार्यपालिका सदस्य जमुना के.सि. लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । वडा अध्यक्ष छबि आलेको सभापतित्व भएको कार्यक्रम वडा सदस्य अनिता नेपालीको स्वागत र वडा सचिब डोलजङ गुरुङको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?