रामपुरमा आज देखि प्रथम रामपुर भेट्रान्स कप हुँदै

पाल्पा, रामपुरमा आज देखि पालिका स्तरीय प्रथम रामपुर भेट्रान्स कप भलिबल प्रतियोगिता हुँदैछ । ३५ वर्ष माथिका व्यक्तिहरुलाई लक्ष्यित गरी रामपुर भेट्रान्स क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

सोमबार सम्म हुने प्रतियोगिता रामपुर नगरपालिका ५ नहर अफिस बगैचामा हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको र पञ्चेबाजा सहित उट्घाटन हुने रामपुर भेट्रान्स क्लवका अध्यक्ष कमल खाँणले जानकारी दिनुभयो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहँ, नवलपरासी, बाग्लुङ र कास्की जिल्लाका १६ पालिकाको सहभागीता रहेको खेल संयोजक किरण मल्लले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?