रामपुरमा प्रथम रामपुर भेट्रान्स कप भलिबल प्रतियोगिता सुरु


पाल्पा, रामपुर नगरपालिका पाल्पामा पालिका स्तरीय प्रथम रामपुर भेट्रान्स कप भलिबल प्रतियोगिता सुृरु भएको छ । ३५ वर्ष माथिका युवा तथा प्रौढहरुको लागि गरी रामपुर भेट्रान्स क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
रामपुर नगरपालिका ५ नहर अफिस बगैचामा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमका विच रामपुर उट्घाटन गरिएको थियो । रामपुर भेट्रान्स क्लवका अध्यक्ष कमल खाँणको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । एम्पाएरलाई भलिबल प्रदान गरी प्रतियोगिताको शुभारम्भ गर्दै प्रमुख अतिथी श्रेष्ठले खेलकुदको नेतृत्व गर्ने व्यक्तिको लागि लक्ष्यित गरि आयोजना गरिएको प्रतियोगिताले खेलकुद सिप आदन प्रदानमा सहयोग गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको इन्डोर खेल सञ्चालनको लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले खेलले युवाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सामाजिक सदुभाव कायम गर्न तथा युवाहरुलाई जागरुक बानाउन महतवपूर्ण योगदान खेलले गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्ल, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी (पुरुषोत्तम) , नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहाकार विष्णु थापाले गर्नु भएको हो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहँ, नवलपरासी, बाग्लुङ र कास्की जिल्लाका १६ पालिकाको सहभागीता रहेको खेल संयोजक किरण मल्लले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उट्घाटन खेल रामपुर नगरपालिका र घिरिङ्ग गाउँपालिका भू.पू. सैनिक विच भएको थियो । जसमा रामपुरले सोझो सेटमा जित हासिल गरेको छ । आज प्रतियोगिताम प्रथम चरण्का अन्य खेल हरु पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?